+

महिला टी२० विश्वकप छनोट : दोस्रो चरणको प्रशिक्षणमा २० खेलाडी छनोट, ८ बाहिरिए

२०८१ चैत  २९ गते २२:१६ २०८१ चैत २९ गते २२:१६
महिला टी२० विश्वकप छनोट : दोस्रो चरणको प्रशिक्षणमा २० खेलाडी छनोट, ८ बाहिरिए

२९ चैत, काठमाडौं । आगामी मे मा थाइल्यान्डमा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरको लागि दोस्रो चरणको प्रशिषणमा २० खेलाडी छनोट भएका छन् ।

क्वालिफायरको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले करिब दुई साताअघि प्रशिक्षण क्याम्पका लागि २८ खेलाडीलाई बोलाएको थियो ।

त्यसबाट दोस्रो चरणको प्रशिक्षणमा २० खेलाडी छनोट गरिएको क्यानले शुक्रबार विज्ञप्तीमार्फत जानकारी दिएको छ । क्याम्पबाट ८ खेलाडी भने बाहिरिएका छन् ।

दोस्रो चरणको प्रशिक्षणमा छनोट हुने खेलाडीहरुमा इन्दु वर्मा, बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, यशोदा विष्ट, रुबी पोदार, राजमती ऐरी, काजल श्रेष्ठ, पुजा महतो, कविता कुँवर, सबनम राई, इश्वरी विष्ट, सोमु विष्ट, मनिषा उपाध्याय,रचना चौधरी, सीता राना मगर, सिमाना केसी र रिया शर्मा छन् ।

क्याम्पबाट बाहिरिनेमा एलिसा कुमारी यादन, सना प्रविन, अनु कडायत, मनिषा बोहरा, लक्ष्मी साउद, हेलिसा गुरुङ, संगिता राई र एलसा खडिया छन् ।

मे ७ देखि २१ सम्म हुने एसिया क्वालिफायरमा नेपालसहित ९ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबा६ शीर्ष दुई टोली ग्लोब्ल क्वालिफायरमा छनोट हुनेछ । ग्लोबल क्वालिफायरमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष चार टोली अर्को वर्ष जुन-जुलाईमा इंग्लयाण्डमा हुने महिला टी२० विश्वकपमा छनोट हुनेछ ।

महिला क्रिकेट महिला टी२० विश्वकप एसिया छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय