+
आईपीएल २०२५ :

सुनिल नारिनको अलराउण्ड प्रदर्शनमा कोलकाताको तेस्रो जित, चेन्नईको लगातार पाँचौं हार

२०८१ चैत  २९ गते २२:४३ २०८१ चैत २९ गते २२:४३
सुनिल नारिनको अलराउण्ड प्रदर्शनमा कोलकाताको तेस्रो जित, चेन्नईको लगातार पाँचौं हार

२९ चैत, काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ ।

शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ४४ रन बनाए । क्विन्टन डिककले २३ रन बनाए । अजिन्क्या रहाने २० तथा रिंकु सिंह १५ रनमा अविजित रहे । चेन्नईका अन्शुल कमबोज र नूर अहमदले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १०३ रन बनाएको थियो । शिवम दुबेले सर्वाधिक अविजित ३१ रन बनाए । विजय शंकरले २९ तथा राहुल त्रिपाठीले १६ रन बनाए ।

कोलकाताका लागि सुनिल नरायनले ४ ओभरमा १३ रन मात्र दिएर ३ विकेट लिए । हर्शित राना र वरुण चक्रवर्तीले २-२ तथा वैभव अरोरा र मोइन अलीले १-१ विकेट लिए ।

यस जितपछि ६ खेलमा ६ अंक भएको कोलकाता अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने ६ खेलमा २ अंक मात्र भएको चेन्नई नवौं स्थानमा छ ।

आईपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय