+

नेपाल व्यायाम मन्दिरबाट अनलाइनखबरकर्मी नेपालसहित ५ खेल पत्रकार सम्मानित

२०८१ चैत  ३० गते १४:२२ २०८१ चैत ३० गते १४:२२

नेपाल व्यायाम मन्दिरले शारीरिक सुगठन तथा व्यायाम मन्दिरको विकास र विस्तारमा योगदान पुर्‍याएवापत पूर्वएआईजी विजयलाल कायस्थलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।

नेपाल व्यायाम मन्दिरबाट अनलाइनखबरकर्मी नेपालसहित ५ खेल पत्रकार सम्मानित

३० चैत, काठमाडौं । नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिरले अनलाइनखबरकर्मी गोविन्दराज नेपालसहित पाँच खेल पत्रकारलाई सम्मान गरेको छ ।

नेपाल व्यायाम मन्दिरद्वारा आयोजित ८औं नीलकण्ठ मानन्धर स्मृति पावरलिफ्टिङ्ग प्रतियोगिता तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा क्रियाशील पाँच खेल पत्रकारहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा मेरो खेल डट कमका प्रधानसम्पादक वरिष्ठ सञ्चारकर्मी श्रीविक्रम भण्डारी, नयाँ पत्रिका राष्ट्रिय दैनिकका श्रीलोचन राजोपाध्याय, गोरखापत्र अनलाइनका गोविन्द रेग्मी, सेतोपाटी अनलाइनका सिताराम कोइराला र अनलाइनखबर डट कमका गोविन्दराज नेपाल सम्मानित भएका हुन् । सम्मानित सञ्चारकर्मीहरूलाई जनही १० हजार नगदसहित सम्मान–पत्र प्रदान गरिएको छ ।

पत्रकारिता मार्फत खेलकुदको विकास र विस्तारमा योगदान गरेको तथा नेपालकै सम्मानित र पुरानो प्रतियोगिता धर्मश्रीको प्रचार प्रसारमा योगदान गरेबापत व्यायाम मन्दिरले पत्रकारहरूलाई सम्मान गरेको व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए ।

अनलाइनखबरकर्मी गोविन्दराज नेपाल ।

सोही कार्यक्रममा शारीरिक सुगठन तथा व्यायाम मन्दिरको विकास र विस्तारमा लामो समय देखि योगदान पुर्‍याउँदै आएका पूर्वएआईजी विजयलाल कायस्थलाई ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । २०३८ सालदेखि नेपाली बडी बिल्डिङ्ग क्षेत्रमा सक्रिय कायस्थ नेपाल बडी बिल्डिङ्ग महासंघका प्रथम उपाध्यक्ष समेत हुन् ।

कार्यक्रममा संस्थाको सन्तती सम्मानबाट व्यायाम मन्दिरका उपाध्यक्ष अनिललाल श्रेठकी छोरी अनुष्का श्रेष्ठ, व्यायाम मन्दिर सञ्चालक समितिका सदस्य ज्ञानेन्द्र नकर्मीका छोरा रोजिन नकर्मी तथा व्यायाम मन्दिरका पूर्वअध्यक्ष तथा धर्मश्री प्रतियोगिताका परिकल्पनाकार स्वर्गीय सरोजकुमार श्रेष्ठका छोरा रोबर्ट श्रेष्ठलाई विभिन्न क्षेत्रमा योगदान पुर्‍यायबापत नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा १७ नम्बर वडाका अध्यक्ष नवीन मानन्धर, व्यायाम मन्दिरका अध्यक्ष प्रधान, व्यायाम मन्दिर सल्लाहकार समितिका संयोजक एवं प्रथम मिस्टर नेपाल शिवलाल श्रेष्ठले सम्मान पत्र तथा पुरस्कार प्रदान गरे ।

 

गोविन्दराज नेपाल नेपाल व्यायाम मन्दिर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय