३० चैत, काठमाडौं । नेपाली बक्सर लालप्रसाद उप्रेती भुटानको थिम्पुमा जारी फोर नेशन्स इन्टरनेशनल बक्सिङ च्याम्पियनसीपमा विजयी भएका छन् ।
लालप्रसादले ४८ केजी तौल समूहमा भारतकाे सिक्किमका दुर्गाप्रसाद शर्मालाई ५ः० अंकको आधारमा फराकिलो जित हासिल गरेका हुन् ।
नेपाल, इन्डिया, बगांलादेश र भुटानका खेलाडीहरूको सहभागितामा आयोजित फोर नेशन्स इन्टरनेशनल बक्सिङ च्याम्पियनसीप–२०२५ आयोजना भएको हो ।
महिलातर्फ नेपालबाट सहभागी ४८ केजी तौल समूहकी रमिशा श्रेष्ठ भारत सिक्किमकी यासिका राईसँग प्रतिस्पर्धात्मक हार व्यहोरेको नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले जानकारी दिए ।
प्रतिक्रिया 4