+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

शिक्षकहरूको नयाँ वर्ष सडकमै, ऐन नलिई नफर्किने अडान

शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर आन्दोलन गरिरहेका शिक्षकहरूले नयाँ वर्ष २०८२ को पहिलो दिन पनि सडक प्रदर्शन गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते १४:३२
नयाँ वर्ष २०८२ को पहिलो दिन १ वैशाख (सोमबार) पनि माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका शिक्षकहरु । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।

१ वैशाख, काठमाडौं । शिक्षकहरूले नयाँँ वर्ष सडकमै मनाएका छन् । नेपाल शिक्षक महासंघले नयाँ वर्ष २०८० सडकमै मनाउने बताएको छ ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर आन्दोलन गरिरहेका शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउने भएका हुन् ।

‘यसपालिका नयाँ वर्ष हामी सडकमा नै मनाउँदैैछौं । नयाँ वर्षको आरम्भको यो दिन पनि आम नेपाली विद्यार्थी, शिक्षक–कर्मचारी र विद्यालय शिक्षाको उन्नयनको पक्षमा आन्दोलनको मोर्चामा खर्च गर्दैछौं,’ शिक्षक महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।

शिक्षक महासंघको आह्वानमा २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले नयाँ वर्ष २०८२ को पहिलो दिन १ वैशाख (सोमबार) पनि माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् । सोमबार प्रदर्शनको १३औं दिन हो ।

यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक–पटक संवाद भए पनि सहमति जुट्न सकेको छैन । शिक्षकका सेवा सुविधाका विषयमा मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेर संसद्को आगामी अधिवेशनबाट ऐन जारी गर्नेगरी सरकारले बताउँदै आएको छ ।

नयाँ वर्ष २०८२ को पहिलो दिन १ वैशाख (सोमबार) पनि माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका शिक्षकहरु । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।

तर, विगतमा पटक–पटक सहमति गर्ने तर कार्यान्वयन नहुने भोगाइका कारण शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजिरहेका छन् । ऐन जारी नभएसम्म सडक आन्दोलन जारी राख्ने अडान शिक्षकहरूको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?