
काठमाडौं । हलिउड स्टुडियो लायन्स गेटले अभिनेता जोनी डीपको पहिलो झलक सार्वजनिक गर्दै आगामी फिल्म ‘डे ड्रिंकर’ निर्माण थालेको जनाएको छ ।
पूर्वपत्नी तथा अभिनेत्री एम्बर हर्डसँगको लामो र तनावपूर्ण ‘हाइप्रोफाइल’ सम्बन्धविच्छेदको मुद्दा जितेपछि डीप हलिउडमा फर्किन लागेका हुन् । लामो समयपछि उनको यो पुनरागमन फिल्म हुनेछ ।
यो फिल्ममा ‘फाइभ हन्ड्रेड डेज अफ समर’ र ‘स्नो ह्वाइट’ निर्देशन गरेका मार्क वेभको निर्देशन हुनेछ । ‘डे ड्रिंकर’को शीर्ष भूमिकामा डीपसहित पेनेलोप क्रुजको अभिनय हुनेछ ।
यसअघि निर्देशक वेभले अभिनेता डीपसँग ‘ब्लो’, ‘पाइरेट्स अफ द क्यारिबियन : अन स्ट्रेन्जर टाइड्स’ र ‘मर्डर अन द ओरिएन्ट एक्सप्रेस’मा सहकार्य गरेका थिए ।
फिल्ममा मेडलिन क्लाइन, मनु रियोस, आरोन पाइपर, जुआन डिएगो बोटो र अनिका बोयलजस्ता कलाकार पनि छन् ।
‘डे ड्रिंकर’ले एक समुन्द्री पानीजहाज याचमा काम गर्ने बारटेन्डर (क्लाइन)को कथा भन्छ जसले एक रहस्यमय, जहाजमा पाहुना (डेप)लाई भेट्छ । तिनीहरूले चाँडै नै आफूलाई एक अपराधी व्यक्तित्व (क्रूज)सँग अल्झिएको र कसैले नदेखेको तरिकाले जोडिएको पाउँछन् ।
स्पेनमा निर्माण सुरु हुने यो फिल्मलाई ‘थन्डर रोड’का बासिल इवानिक र एरिका लीले निर्माण गरेका हुन्, जसले लायन्सगेटका लागि ‘जोन विक’ फ्रान्चाइजीको पनि निर्माण गर्छन् ।
प्रतिक्रिया 4