३ वैशाख, काठमाडौं । गोल्डेन गर्लको रुपमा चर्चित नेपाली धावक सन्तोषी श्रेष्ठले लण्डन म्याराथन दौडने भएकी छन् ।
लण्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीबार बेलायत जाने भएकी छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सदस्य–सचिव घिसिङले देशको शान बढाउने गरी उच्च प्रर्दशन गर्न सन्तोषीलाई सफलताको शुभकामना दिए ।
यही बैशाख १४ गते हुने लन्डन म्याराथनमा सहभागी हुन सन्तोषीलाई नेपाल रन युकेले व्यवस्थापन गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाका छन् ।
सन्तोषतीले गत वर्ष पेरिस ओलम्पिकमा समेत भाग लिएकी थिइन् । यस्तै उनले गत वर्ष नै भएको बंगबन्धु म्याराथनमार्फत अन्तर्राष्ट्रिय म्याराथनमा डेब्यु गरेकी थिइन् । डेब्युमै उनले स्वर्ण समेत जितेकी थिइन् ।
 
                    










 २०८२ वैशाख  ३ गते १६:५५
                        २०८२ वैशाख  ३ गते १६:५५                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4