+
+
Shares
बक्सअफिस :

प्रदर्शनको ५१ दिनसम्म ‘लाज शरणम्’ले कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ४ गते १२:४७

काठमाडौं । कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’ प्रदर्शनको बिहीबार ५१ दिन पुगेको छ ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको यो फिल्म अहिले पनि काठमाडौंका क्यूएफएक्स, आइएनआई चेनसहित एफक्युब, कीर्तिपुर, बीएसआर, रञ्जना, बिग, सीडीसीमा प्रदर्शनरत छ ।

दमक र बुटवलका हलमा पनि फिल्म प्रदर्शनरत छ । सीताराम कट्टेलले अभिनयमा पुनरागमन गरेको यो फिल्मले सुन तस्करीको जालोदेखि समसामयिक राजनीतिक प्रवृत्तिलाई ब्यंग्य गरेको छ ।

यो मल्टिस्टारर फिल्मले प्रदर्शनको ५१ दिनसम्म देशब्यापी ४ करोड ५२ लाख रुपैयाँ ग्रस कमाइ गरेको संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा उल्लेख छ ।

यो फिल्म २०८१ सालका धेरै कमाउने शीर्ष  १० को सूचीमा अटाएको छ । गतवर्ष यो फिल्म धेरै कमाउने दशौं नेपाली फिल्म हो ।

फिल्ममा सीतारामसहित महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, रेणु योगी, अर्पण थापा लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?