+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

युद्ध समाप्त गर्ने सर्तमा मात्र युद्धविराम गर्ने हमासको प्रतिक्रिया

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते ९:५९

५ चैत, काठमाडौं । इजरायलले ल्याएको नयाँ युद्धविराम प्रस्तावलाई हमासले औपचारिक रूपमै अस्वीकार गरेको छ।

हमासले सबै बन्धकहरुको रिहाइको सट्टामा युद्ध समाप्त गर्ने र प्यालेस्टिनी बन्दीहरूलाई पनि रिहाइ गर्ने सहमतिको लागि मात्र तयार रहेको प्रतिक्रिया दिएको हो ।

बीबीसीका अनुसार हमासका प्रमुख वार्ताकार खलील अल-हय्याले भिडियो सन्देशमार्फत आफ्नो भनाइ सार्वजनिक गरेका छन्।

सन्देशमा हय्याले भनेका छन्, ‘हामी त्यस्तो कुनै पनि सम्झौता स्वीकार गर्नेछैनौं, जसले इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूको राजनीतिक एजेन्डा पूरा गर्छ।’

इजरायलले अगाडि सारेको नयाँ प्रस्तावमा १० जना बन्धकहरूको रिहाइको सट्टामा ४५ दिनको युद्धविराम प्रस्ताव गरिएको थियो।

त्यसैबीच, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही घण्टा अघि इजरायली हवाई आक्रमणमा ३७ जनाको मृत्यु भएको जनाएको छ ।

यद्यपि, इजरायली सेनाले यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?