+
+
Shares

सोबिताको प्रश्न- तीनकुनेमा गोली लागेकाको उपचार गरेर मात्रै पुग्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १८:५९

५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई उपचार मात्रै गरेर सरकार पन्छिन नमिल्ने बताएकी छिन् ।

घाइतेहरूको आगामी जीवन, जागिर, परिवारको अवस्था लगायतका मानव अधिकारका विषयमा सरकार गम्भीर हुनुपर्ने सांसद गौतमको भनाइ थियो ।

‘तीनकुनेमा जति पनि गोली लागेकाहरू हुनुहुन्छ, अधिकांश आन्दोलनमा सहभागी नभएका हुनुहुन्छ,’ शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद गौतमले भनिन्, ‘उहाँहरूको हकमा राज्यले निशुल्क उपचार गर्ने भन्यो, तर निशुल्क उपचारले मात्रै पुग्छ त ?’

मानव अधिकारको दृष्टिकोणबाट सरकारले अन्य निर्देशन पनि दिनपर्ने उनको भनाइ थियो ।

‘उहाँहरूको जीवनका अन्य कुराहरू होलान्, काम कारबाहीको कुराहरू होलान् । जागिरका कुरा होलान्,’ उनले भनिन्, ‘तीसँग सम्बन्धित सवालमा पनि केही कुरामा मानव अधिकारको दृष्टिकोणबाट सरकारले अन्य निर्देशन दिनुपर्ने मलाई महसुस भएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?