+
+
Shares

पोखरा जाँदै गरेको बोलेरो धादिङमा टिपरसँग ठोक्कियो, एक जनाको मृत्यु

टिपर चालक फरार

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ६ गते १६:३६

६ वैशाख, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटस्थित सडकमा टिपरसँग बोलेरो ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रबार राति काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्र.३–०१–०२३ च ६५८ नम्बरको बोलेरो हाल नम्बर नखुलेको टिपर पछाडि ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर बोलेरोमा सवार ललितपुर बागमती गाउँपालिका–१ बस्ने ३४ वर्षीय थुल बाबु थिङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिपरका चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?