+
+
Shares

एभरेस्ट बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा उच्च

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते ८:५९

७ वैशाख, काठमाडौं । एभरेस्ट बैंकको नाफा ३२ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा बढेको हो ।

साउनदेखि चैत मसान्तसम्म बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब ६० करोड रुपैयाँ थियो ।

बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । पहिले २९.५५ रुपैयाँ रहेको वार्षिक प्रतिसेयर आम्दानी अहिले ३५.६१ रुपैयाँ पुगेको छ । यो प्रतिसेयर आम्दानी वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै हो ।

खुद ब्याज आम्दानी पनि बढेको छ । यस्तो आम्दानी पहिले ५ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा अहिले ६ अर्ब ७४ करोड रुपैयाँ छ । लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घटेको छ । यस्तो रकम पहिले ६३ करोड रुपैयाँ रहेकोमा अहिले २७ करोड छ ।

बैंकको निष्क्रिय कर्जा समीक्षा अवधिमा ०.७० बाट घटेर ०.६४ प्रतिशत कायम भएको छ । प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ रहेको छ । आधार दर पहिले ७.५३ प्रतिशत रहेकोमा अहिले ५.६१ प्रतिशत छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?