+
+
Shares
टेलिभिजन :

प्रमेश र अर्पणा बने ‘भ्वाइस अफ नेपाल’ सिजन ६ का फाइनलिस्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते ११:४३

काठमाडौं । प्रमेश राई र अर्पणा आचार्य ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को फाइनलिस्ट बनेका छन् । पछिल्लो सप्ताहन्तमा प्रसारित एपिसोडबाट उदय सोताङको समूहबाट आचार्य र राजु लामाको समूहबाट राई अन्तिम ४ मा प्रवेश गरे ।

आउने साता प्रसारण हुने दुई एपिसोडबाट यो सिजनले थप २ जना फाइनलिस्ट पाउनेछ । जसमा खेम सेन्चुरीको समूहबाट प्रोसेस पाण्डे र इन्द्रकला राईमध्ये एक छानिनेछन् ।

मेलिना राईको समूहबाट रोशन राई र सार्थक लामामध्ये एकजना फिनालेमा प्रवेश गर्नेछन् । बैशाख १९ गते शुक्रबार आयोजना हुने फिनालेमा उपाधि विजेताको टुंगो लाग्नेछ ।

अर्कोतर्फ, सुरु हुन लागेको ‘भ्वाइस किड्स’को डिजिटल अडिसन यो सातासम्म खुला छ । लगत्तै ब्लाइन्ड अडिसन सुरु गर्ने तयारी रहेको निर्देशक लक्ष्मण पौडेलले बताए ।

‘भ्वाइस किड्स’को नयाँ संस्करणको कोचमा मेलिना राई र खेम सेन्चुरी निश्चित भैसकेका छन् भने प्रमोद खरेलले निरन्तरता पाउने बलियो सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?