+
+
Shares

‘महाभोज’को टिजर : सहकारी ठगीले ल्याउने सामाजिक विग्रहको कथा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ९ गते १५:५९
फिल्मको एक दृश्यमा दयाहाङ राई ।

काठमाडौं । सहकारी ठगीको कथावस्तुमा निर्माण भएको फिल्म ‘महाभोज’को टिजर सार्वजनिक भएको छ । युट्युबमा रिलिज भएको टिजरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे खुलासा गर्छ ।

सहकारीको पैसा अपचलन भएपछि त्यसले ल्याउने सामाजिक र पारिवारिक सम्बन्धको विग्रहको कथामा फिल्म आधारित छ । यसअघि भूगोल र जातिय समानताको कथा पर्दामा उतारेका निर्देशक दिनेश राउतले आगामी फिल्ममा भने आर्थिक अपचलनले ल्याउने सामाजिक बेथिती चित्रण गरेका छन् ।

टिजर अनुसार फिल्ममा दयाहाङ राईले सहकारी संस्थाको प्रमुखको भूमिका निर्वाह गरेका छन् । फिल्ममा दयाहाङसहित आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहको अभिनय छ ।

टिजरमा खगेन्द्र र अञ्जनालाई दम्पतीको भूमिकामा देखाइएको छ । आर्यनलाई गाउँपालिका अध्यक्षको भूमिकामा प्रस्तुत गरिएको छ । क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका लगानीकर्ता हिमाल कडरिया हुन् ।

पटकथा विकास सुवेदीले लेखेका हुन् । ‘महाभोज’ जेठ १५ गते बिहीबार प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?