+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

वर्तमान सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन : माओवादी केन्द्र

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १४:१९

१० वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अहिलेको सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको दाबी गरेको छ ।

समसामयिक विषयवस्तुबारे पार्टीको धारणा सार्वजनिक गर्नका लागि आयोजित पत्रकार सम्मेलनमार्फत् माओवादी केन्द्रले यस्तो बताएको हो ।

‘वर्तमान सरकार प्राविधिक रुपमा त आफ्नो अस्तित्वमा छ । वैधानिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ,’ माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भनेका छन्, ‘यस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको यो सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन ।’

साथै, सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरित बनेको आरोप लगाउँदै माओवादी केन्द्रले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?