 
																			१३ वैशाख, गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित नहुने शिक्षकलाई राजीनामा दिन निर्देशन दिएको छ ।
गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले सूचना जारी गर्दै आइतबारदेखि विद्यालय समयमा उपस्थित भएर पठनपाठन गर्न निर्देशन दिंदै शिक्षकहरूलाई चेतावनी दिएका हुन् ।
शिक्षक महासंघको आह्वानमा भएको शिक्षक आन्दोलनले विद्यालयहरूमा पढाइ प्रभावित भएको बताउँदै उनले नपढाउने शिक्षकले कि राजीनामा दिनु पर्ने कि सरुवाको प्रक्रिया सुरु गर्न सुझाव दिएका छन् ।
शिक्षक महासंघको अगुवाइमा गत चैत २० गतेदेखि शिक्षकहरु विभिन्न माग राखेरकाठमाडौं केन्द्रित आन्दोलनमा रहेका छन् ।
अदालतले शिक्षकका माग सम्बोधन हुने गरी तीन दिनभित्र विद्यालयमा पठनपाठन सुरु गर्न आदेश दिइसकेको छ ।
– यसअघि समाचारमा कालीगण्डकी गाउँपालिका हुनुपर्नेमा गण्डकी गाउँपालिका भएकोमा सच्याइएको छ । – सम्पादक

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4