+
+
Shares

स्कुटर दुर्घटना हुँदा एमाले मकवानपुरका अध्यक्ष घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १३ गते १२:११

१३ वैशाख, हेटौंडा । स्कुटर दुर्घटनामा परेर नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल गम्भीर घाइते भएका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ पुष्पलाल पार्क अगाडि भित्री सडकखण्डमा ६२ वर्षीय पोख्रेल आफैंले चलाएको बा प्र ३-०३००१ प ५८०७ नम्बरको स्कुटर दुर्घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

४ नम्बर वडाको कमलडाँडास्थित घरबाट पार्टी कार्यालयतर्फ आउने क्रममा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

उनलाई अचेत अवस्थामा देखेर स्थानीयले उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल पुर्‍याएको डीएसपी अर्यालले बताए ।

उनको टाउको, निधार तथा दाँया हातमा चोट लागेको छ । उनको आईसीयूमा उपचार भइरहेको छ । अहिले होस् खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?