१७ वैशाख, काठमाडौं । सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष रविन्द्र चन्दविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ ।
मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको जिल्ला फुटबल संघको विशेष साधारणसभाले चन्द विरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको हो । अब चन्द पदमुक्त भएका छन् ।
विशेष साधारणसभामा १२ क्लबका प्रतिनिधिहरूको अविश्वासको प्रस्तावको पक्षमा मत दिएपछि चन्दलाई पदमुक्त गरिएको हो । यस्तै दिलीप बस्याल सुर्खेत जिल्ला संघको नयाँ अध्यक्षमा निर्वाचित भएका छन् ।
साधारणसभामा एन्फाका कार्यसमिति सदस्यद्वय अनिल मल्ल र भरत बुढ थापा उपस्थित थिए । मल्ल कैलाली र थापा जुम्ला जिल्लाका अध्यक्ष हुन् ।
रविन्द्र चन्दको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै १४ वटा क्लबहरूले गत पुस १ गते (डिसेम्बर १६) अविश्वास प्रस्ताव दर्ता गराउँदै साधारणसभा राख्न माग गरेका थिए ।
प्रतिक्रिया 4