१७ वैशाख, काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठकमा सरकारका कामकारबाहीबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो ।
सरकारको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत हुनुअघि प्रधानमन्त्री ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका हुन् ।
सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गर्दै छन् ।
सत्ता गठबन्धनको बैठकमा शिक्षक र चिकित्सकहरूको आन्दोलन लगायतका समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया 4