+
+
Shares

शिक्षकका माग बोकेर मन्त्रिपरिषद् गए मन्त्रीहरू

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते १९:२८

१७ वैशाख, काठमाडौं । शिक्षकको माग बोकेर शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक मन्त्रिपरिषद् बैठकमा सहभागी हुन् निस्किएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट मन्त्री पन्त बाहिरिएका हुन् ।

‘मन्त्रीज्यूले ड्राफ्ट लिएर जानु भएको छ । अब कति बुँदामा निर्णय हुन्छ त्यो क्याबिनेटको कुरा रह्यो,’ वार्तामा सहभागी एक सदस्यले भने ।

शिक्षक महासंघ सहित शिक्षकका संघ संगठनका प्रतिनिधि भने मन्त्रालयमै छन् ।

शिक्षक महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो । यसैको आधारमा मन्त्रालयले निर्णय गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?