
१७ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँगको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।
साथै, सहमति हुने दिशातिर कुरो अघि बढेको उनले बताए ।
‘वार्ता सकारात्मक छ, सहमति हुने दिशातिर गएका छौं,’ शिक्षामन्त्री पन्तले वार्तास्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै भने ।
अहिले शिक्षक महासंघसँग भएको वार्ताको सहमति हुनसक्ने बुँदा बोकेर शिक्षामन्त्री पन्तसहितका मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा गएका छन् ।
वार्तामा सहभागी एक सदस्यका अनुसार शिक्षक महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो । यसैको आधारमा मन्त्रालयले निर्णय गर्ने बताइएको छ ।
मन्त्रिपरिषद्बाट निर्णय गराउने र ऐन जारी गराउन प्रतिवद्धता खोज्ने लगायतका विषयमा सहमति बनेको स्रोत बताउँछ ।
केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । सो बैठकपछि सरकार र शिक्षकबीचका सहमतिका बुँदाहरू सार्वजनिक गरिने शिक्षक महासंघका एक पदाधिकारीले बताए ।
प्रतिक्रिया 4