+
+
Shares

श्रमिकको पसिनाले बाँचेको छ समाज : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते ९:४८

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको बताएका छन् र त्यसैले देश अघि बढेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री ओलीले श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याइएको स्मरण पनि गरेका छन् ।

त्यसबेला केहीले  व्यङ्ग्य गरेको बताउँदै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएको दाबी गरेका छन् ।

श्रम मात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित भएको बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौं ।’

श्रम र श्रमिकलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले फेसबुकमा आफूलाई श्रमिकका रूपमा प्रस्तुत गर्दै लेखेका छन् –

‘आज मे १–अन्तरराष्ट्रिय श्रमिक दिवस ।

देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले ।

श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्‍यौँ, व्यङ्ग्य र ट्रोलहरू सहनुपर्‍यो ।

तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै—२० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन् ।

अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ ।

छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौँ ।

श्रमलाई सम्मान गरौँ, श्रमिकलाई सम्मान गरौँ ।
जय श्रमिक, जय देश १”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?