+
+
Shares

तने बोडी, मटरकोसा र भिन्डीको भाउ बढ्यो

बुधबार ६८ रुपैयाँ किलोमा किनबेच भएको तने बोडी आज भने ७५ रुपैयाँ कायम छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते ११:०६

१८ वैशाख, काठमाडौं । स्थानीय बजारमा तने बोडी, मटरकोसा र भिन्डीको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आज बिहीबार यी तरकारीको भाउ बढेको देखाएको हो ।

बुधबारको तुलनामा आज बिहीबार तने बोडीको भाउ प्रतिकिलो ७ रुपैयाँले बढेको छ । बुधबार ६८ रुपैयाँ किलोमा किनबेच भएको तने बोडी आज भने ७५ रुपैयाँ कायम छ ।

यस्तै मटरकोसा प्रतिकिलो १ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार भने प्रतिकिलो १ सय ८ रुपैयाँमा किनबेच भएको थियो ।

हिजोको तुलनामा आज भिन्डीको भाउ प्रतिकिलो १० रुपैयाँ बढेको छ । हिजो किलोको ४५ रुपैयाँमा किनबेच भएको भिन्डीको भाउ आज ५५ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?