काठमाडौं । नेपाल विश्व एम्पुटी फुटबल महासंघको नयाँ सदस्य बनेको छ । शारीरिक रुपमा फरक रहेकाहरु बीच हुने एम्पुटी फुटबलको सर्वोच्च निकाय विश्व एम्पुटी फुटबल महासंघमा नेपाल नयाँ सदस्यको रूपमा थपिएको हो ।
विश्व एम्पुटी फुटबल महासंघले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत नेपाल नयाँ सदस्य बनेको भन्दै स्वागत समेत गरेको छ ।
नेपालको एम्पुटी फुटबल टिमले केही महिनाअघि बंगलादेशमा सम्पन्न एसियन एम्पुटी च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । त्यही च्याम्पियनसिपमार्फत नेपाल एम्पुटी फुटबल टिमले अन्तर्राष्ट्रिय एम्पुटी फुटबलमा डेब्यु गरेको थियो ।
जहाँ नेपालले आयोजक बंगलादेशसहित इराक, उज्वेकिस्तान र इण्डोनेसियासँग प्रतिस्पर्धा गरेको थियो ।
प्रतिक्रिया 4