
मुलुकमा निराशा व्याप्त छ । राजनीतिक, सामाजिक उथलपुथलसँगै देश छाड्नेहर”को लर्को छ । ‘देश बस्नै मन लाग्दैन’, ‘यहाँ केही हुँदैन’, ‘अब भविष्य अन्धकार छ’ भन्ने आवाज बाक्लो छ । यही पृष्टभूमिमा एउटा गीत सार्वजनिक भएको छ, ‘जाग अब नेपाली ।’
यो गीतले नेपाली समाजको वर्तमान अवस्था मात्र उँधिनेको छैन युवाहरूलाई आशा र उमंगमा बाँच्नका लागि आह्वान पनि गरेको छ । लडाइँ, झगडा, अन्तरद्वन्द्व, आन्दोलनले थिलथिलो समाजलाई एकढिक्का भएर प्रतिकूल परिस्थितिको सामना गर्न आग्रह गरेको छ ।
हिपहप शैलीको यो गीत गाएका हुन्, प्रशान्त मिस्टले । यसमा शब्द र संगीत पनि उनैको छ । यो उनको पाँचौ एल्बम हो । ‘मेरो देश नेपाल’ शीर्षकको एल्ममा देशभक्ति र सामाजिक चेतनाको भावलाई केन्द्रमा राखिएको छ । गायक प्रशान्तका अनुसार यो जाँगरको गीत हो, जसले युवाहरूलाई उठ्न, सोच्न र बोल्न प्रेरित गर्छ ।
गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको हो । भिडियोको छायांकन, सम्पादन र निर्देशन शैलेन्द्र खोकालीले गरेका छन् ।
प्रतिक्रिया 4