+
+
Shares

जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ

जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १०:१६

१९ वैशाख, काठमाडौं । जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ परेका छन् ।

मध्यपुर थिमी नगरपालिका–५ चपाचोस्थित सिन्धुली मरिण गाउँपालिका घर भएका ४२ वर्षीय फुर्वा थिङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ५ सय ५० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।

मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने नुवाकोट तादी गाउँपालिका–३ घर भएका ३२ वर्षीय सुजन दाहाल समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?