
१९ वैशाख, काठमाडौं । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पुनःसंरचना गर्ने भएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले परियोजनाको पुनःसंरचना गर्दै राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमको रुपमा ल्याइएको बताएका हुन् ।
प्रधानमन्त्री शब्द जोडिएको कार्यक्रम असफल भएको भन्दै सरकारले नाम फेर्ने तयारी गरेको थियो । सोही अनुसार नीति तथा कार्यक्रम आएको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4