+

लायन्स कप भलिबल : भारतीय टोलीसँग आर्मी पराजित

२०८२ वैशाख  १९ गते २१:१९ २०८२ वैशाख १९ गते २१:१९
लायन्स कप भलिबल : भारतीय टोलीसँग आर्मी पराजित

१९ वैशाख, पोखरा । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब भारतीय टोलीसँग पराजित भएको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो ।

आर्मीले पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै खेलमा अग्रता लिएको थियो । तर त्यसपछि भारतीय टोलीले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जित्यो ।  भारतीय टोलीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२१ र चौथो सेट २८–२६ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

समूह बी अन्तर्गतको आगामी खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच हुनेछ । उक्त खेलको नतिजाले सेमिफाइनल जाने टोलीको टुंगो लाग्नेछ । पहिलो खेलमा नेपाल पुलिस क्लबले भारतीय टोलीलाई पराजित गरेको थियो ।

यसअघि आजै भएको समूहए को खेलमा गण्डकी प्रदेशलाई ३—१ को सेटले पराजित गर्दै इरानी टोलीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । इरानी टोलीले पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटले पराजित गरेको थियो ।

समूह ए अन्तर्गत अन्तिम खेल शनिबार गण्डकी प्रदेश र एपीएफबीच हुनेछ । उक्त खेलको विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । उक्त खेल दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ । त्यसपछि आर्मी र पुलिसबीचको खेल साढे २ बजे सुरु हुनेछ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन् ।

लायन्स कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय