
२० वैशाख, बुटवल । पश्चिम नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।
जिल्लाको सुनवल नगरपालिका–६ पुलटोलका विष्णु कुँवरका दुई छोराहरू १० वर्षका विप्सन र ८ वर्षका दिप्सनको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका इन्पेक्टर सन्तोष पौडेलले जानकारी दिए ।
शुक्रबार साँझ पोखरीमा एक बालक तैरिहरेको स्थानीयले खबर गरेपछि खोजी गर्न जांदा अर्का बालकको पनि शव तैरिएको अवस्थामा फेला परेकोपौडेलले बताए ।
मृतक बालकहरु स्थानीय जनसेवा माध्यमिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए । उनीहरु पौडी खेल्न गएको बेला डुबेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानमा देखेको इन्स्पेक्टर पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4