+

राष्ट्रिय महिला हक्कीमा आर्मी र गण्डकी उपाधि नजिक

२०८२ वैशाख  २० गते १९:१८ २०८२ वैशाख २० गते १९:१८
राष्ट्रिय महिला हक्कीमा आर्मी र गण्डकी उपाधि नजिक

२० वैशाख, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।

ललितपुरको च्यासल फुटबल मैदानमा शनिबार भएको आर्मीले बागमती प्रदेशलाई ८–० गोलअन्तरले हराउँदै दोस्रो जित निकाल्यो ।

आर्मीको जितमा कमला चन्द, निलिमा पाण्डे र दमारा भट्टले समान दुई गोल गरे । सुनिता नेगी र सीतामाया बलले समान एक गोल थपे । चार टोली सहभागी महिलातर्पm लिगको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

हालसम्म आर्मीसँगै गण्डकी प्रदेशले पनि दुई जित निकालेको छ । समान दुई खेलबाट आर्मी र गण्डकीको समान ६ अंक छ । अब आगामी आइतबार गण्डकी र आर्मीबीच प्रतिस्पर्धा हुँदै छ । यो खेलले नै लिगको विजेता टुङ्गो लगाउनेछ ।

लिगमा समान दुई खेल खेलेका बागमती र मधेसले भने अंक जोड्न सकेका छैनन् ।

शनिबार नै भएको पुरुष राष्ट्रिय हक्की प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । च्यासलमा नै भएको समूह ‘बी’ को खेलमा पुलिसले एपिएफ क्लबमाथि ३–० को जित निकालेको हो । पुलिसको जितमा नवराज खत्रीले ह्याट्रिक पूरा गरे । उनी प्लेअर अफ दी म्याच भए ।

यो जितसँगै चार टोली रहेको समूहबाट शीर्ष दुईमा रहँदै पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेको छ । समान दुई खेलबाट अपराजित पुलिसको ६ अंक र कर्णालीको तीन अंक छ । समान दुई खेलबाट एपिएफ र बागमतीको समान एक अंक छ । यो समूहमा कर्णालीसँगै एपिएफ र बागमती तीनै टोलीको शीर्ष दुईभित्र रहेर सेमिफाइनलमा पुग्ने सम्भावना जीवतै छ ।

शनिबार नै भएको पहिलो खेलमा कोसी र गण्डकीले ३–३ गोलको बराबरी गर्‍यो । कोसीका लक्ष्मण समारिया, योगेशकुमार बारघरे र आर्यान चौधरीले समान एक गोल गरे । गण्डकीका लागि भने दीपक तामाङले दुई तथा संघम घर्तिमगरले एक गोल गरे ।

दुवै टोली जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्थे । तर, यो खेलको नतिजा बराबरी भएपछि आर्मीले सेमिफाइनलमा स्थान बनायो । समान दुई खेलबाट आर्मी ६ अंकसहित शीर्ष स्थानमा छ । समान दुई खेलबाट कोसीको ४ अंक, गण्डकीको एक अंक र मधेस अंकविहीन छ । अब कोसी र गण्डकीमध्ये एक टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना छ ।

राष्ट्रिय महिला हक्की
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय