
२१ वैशाख, काठमाडौं । दाङमा एक बोर्डिङ स्कुलका शिक्षकलाई विद्यार्थीले खुँडा प्रहार गरेका छन् ।
शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका–६ हिमाल बोर्डिङ स्कुलका शिक्षक विशेष श्रेष्ठमाथि खुँडा प्रहार भएको हो । स्कुल नजिकै सोही स्कुलका कक्षा १२ का विद्यार्थी सुरेश सुनारले खुँडा प्रहार गरेको प्रहरीले बताएको छ ।
बायाँ कुम र दुवै हातको पाखुरामा खुँडा प्रहार भएको प्रहरीको भनाइ छ ।
घाइते शिक्षकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । खुँडा प्रहार गरेको आरोपमा शनिबार राति पौने ९ बजेतिर प्रहरीले सुनारलाई पक्राउ गरेको छ ।
खुँडा प्रहारको कारण भने खुलिनसकेको दाङ प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।
प्रतिक्रिया 4