+
+
Shares

ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १३:४६

२१ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले शपथ लिएका छन् । उनलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ खुवाएका हुन् ।

प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्त भएपछि गर्बुजालाई ऊर्जा राज्यमन्त्री नियुक्त गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?