+
+
Shares

सामुदायिक वनमा कुरिलो टिप्न गएका कप्तानको भीरबाट लडेर मृत्यु

प्रहरीका अनुसार रुम्बा आइतबार दिउँसो सोलथुम चुहारस्थित कटुसघारी सामुदायिक वनमा कुरिलो टिप्न गएका थिए । कुरिलो टिप्ने क्रममा रुम्बा भीरबाट लडेर करिब १०० मिटर तल खसेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १९:४५

२१ वैशाख, काठमाडौं । मकवानपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका-५ का ५२ वर्षीय कप्तान रुम्बा रहेका छन् ।

प्रहरीका अनुसार रुम्बा आइतबार दिउँसो सोलथुम चुहारस्थित कटुसघारी सामुदायिक वनमा कुरिलो टिप्न गएका थिए । कुरिलो टिप्ने क्रममा रुम्बा भीरबाट लडेर करिब १०० मिटर तल खसेका थिए ।

वडाध्यक्ष जितेश दाहालले घटनाबारे जानकारी गराए लगत्तै अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको टोली घटनास्थल पुगेको थियो ।

घट्नास्थलको प्रारम्भिक अनुसन्धान पूरा गरी रुम्बाको शव हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?