+
+
Shares

बजगाईंको गुनासो : प्रधानमन्त्रीसँग मस्कको संवाद गराएँ, तर काम गरिएन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १४:४६

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाललाई स्टारलिंकसँग जोड्न माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा डिजिटलमा फड्को मारेको स्टारलिंक, स्पेस एक्सका प्रतिनिधिसँग आफूले प्रधानमन्त्रीसँग कुराकानी गर्ने वातावरण बनाइसकेको बताए ।

बजगाईंका अनुसार इलोन मस्कका प्रतिनिधिहरू नेपाल आउन चाहन्छन् ।

‘डिजिटलमा फड्को मारेको स्टारलिंकका लागि मैले धेरै वकालत गरें । स्टारलिंकका प्रतिनिधि, अध्यक्षसँग कुराकानी गरेर २०२४ अक्टोबर १८ मा इलोन मस्क र प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवादको वातावरण बनाएँ,’ उनले भने, ‘स्टारलिंकका बारेमा इलन मस्कसँग कुराकानी गरिसकेपछि हामीले उनीहरूको इच्छालाई अंगीकार गर्न सकेनौं ।’

बजगाईंले मस्कसँग भएको संवादलाई किनारामा पठाउन नहुने बताए । उनीहरूको इच्छा नेपालमा आउने भएकाले त्यसलाई सम्बोधन गर्न जरुरी रहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?