+
+
Shares

यस्तो छ ‘माइतीघर’मा माग्ने बुढाको लुक्स

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते १५:२२

काठमाडौं । अहिले छायांकन भइरहेको फिल्म ‘माइतीघर’को सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को लुक्स बाहिरिएको छ ।

सार्वजनिक लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेको देख्न सकिन्छ । झट्ट हेर्दा उनको लुक्स गाउँको मुखियाको जस्तो लाग्छ ।

मिलन तामाङको निर्देशनमा तयार भइरहेको यो फिल्मलाई तामाङ संस्कृतिको सेरोफेरोमा राखेर निर्माण गरिएको छ । फिल्मको प्रदर्शन मिति दशैंको फूलपातिलाई तय छ ।

यो फिल्मको छायांकन अहिले म्याग्दीको ताकम गाउँमा भइरहेको छ । २० दिनसम्म ताकम र २० दिन दरबाङको तातोपानी क्षेत्रमा छायांकन हुनेछ ।

यो फिल्ममा युवराज लामा, केदार घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।

सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । रोहित अधिकारी फिल्मस्को व्यानरमा यो फिल्म निर्माण भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?