
२४ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले कुशासनको ज्युँदो नमुना सिंहदरबार गेटमा देखिने गरेको बताएका छन् ।
‘अहिलेको ठूलो समस्या कुशासन हो । कुशासनको ज्युँदो नमुना सिंहदरबार गेटमा देखिन्छ’, बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने ।
मन्त्री, सांसद, कर्मचारी प्रवेश गर्ने सिंहदरबारको दक्षिण गेटमा जनताको भीड र लाइन रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।
मन्त्रालय जति सिंहदरबारभित्र राख्ने र सिंहदरबारलाई चारै तिरबाट घेरेर जेल जस्तो बनाउने काम भएको उनको टिप्पणी छ । जनतालाई सिंहदरबार प्रवेमा निषेध गर्ने कार्य स्वीकार्य नरहेको उनले बताए ।
‘मन्त्रीहरू कालो सिसावाला गाडीमा भित्र पस्ने, जनता घाममा पसिना चुहाउँदै पासको लागि कसैको निगाहा पर्खिंदै गेट बाहिर तड्पिनुपर्ने ?’ उनको प्रश्न छ ।
सिंहदरबारको गेट खुला गरेर जनताको प्रवेश सहज गराउन उनको माग रहेको छ ।
प्रतिक्रिया 4