+
+
Shares

एनएलआईसीको २४औं वार्षिकोत्सवमा ४१२ पिन्ट रगत संकलन

एनएलआईसीले देशका १० स्थानमा रक्तदान कार्यक्रम, काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभरि विभिन्न कार्यक्रम भव्यतापूर्वक सञ्चालन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते १७:४७

२४ वैशाख, काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) ले आफ्नो २४औं वार्षिकोत्सव देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।

यस अवसरमा देशका १० स्थानमा रक्तदान कार्यक्रम, काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभरि विभिन्न कार्यक्रम भव्यतापूर्वक सञ्चालन गरेको हो ।

यस अवसरमा कम्पनीले सात प्रदेशमा रक्तदान कार्यक्रम मार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेसको वीरगञ्जमा ३०, बागमतीको काठमाडौंमा ८२, गण्डकीको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनीको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगञ्जमा २५, कर्णालीको सुर्खेतमा ३१ र सुदूरपश्चिमको टीकापुरमा २८ गरी कुल ४ सय १२ पिन्ट रगत संकलन गरेको छ । यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले कम्पनी आफ्नो २४औं वर्ष पूरा गरी २५औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक समिति अध्यक्ष तथा सञ्चालक, सेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी, नियामक निकायका साथै सरोकारवालालाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?