+
+
Shares

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग. १६प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग. २ख २१३९ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको हो ।

रासस रासस
२०८२ वैशाख २९ गते १५:४५

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानामा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भयो।
  • दुर्घटनामा मृत्यु हुने व्यक्ति अफताप सलमान, जो दानामा मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गर्दै थिए, थिए।
  • दुर्घटनाको कारण तीव्र गतिमा आएको मोटरसाइकल र बसको ठोक्किनु भएको बताइएको छ।

२९ वैशाख, म्याग्दी । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानामा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग. १६प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग. २ख २१३९ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको हो ।

मोटरसाइकल चालक वीरगञ्जका अन्दाजी २० वर्षीय अफताप सलमानको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख श्यामबहादुर रानाले बताए ।

अफताप दानामा मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गर्दै आएका थिए । बसका चालकले तीव्र गतिमा मोटरसाइकल आफूूतर्फ आइरहेको देखेपछि आफ्नै साइडमा गाडी रोकेका थिए । मोटरसाइकल एक्कासी गाडीमा आएर ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?