
News Summary
Generated by OK AI. Editorially reviewed.- वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०६औं जन्मजयन्ती मनाएको छ।
- समारोहमा तीन नयाँ कृतिहरूको लोकार्पण गरिएको थियो।
- कार्यक्रमका सहभागीले डा. जोशीको योगदानको चर्चा गरे ।
३० वैशाख, काठमाडौं । वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा. सत्यमोहन जोशीको एक सय छैटौँ जयन्ती मनाएको छ ।
मंगलबार राजधानीमा एक समारोह आयोजना गरी वानीरा फाउन्डेसनले जोशीको एक सय छैटौँ जयन्ती मनाएको हो ।
सो अवसरमा प्रसिद्ध समालोचक प्रा.केशव सुवेदीले नइ प्रकाशनबाट प्रकाशित तीन वटा कृतिको लोकार्पण गरे ।
लोकार्पण भएका कृतिहरूमा अक्षरशिरोमणि मदनमणि दीक्षितकृत ‘नरेन्द्रराज प्रसाईका पाँच जीवनीकृति’, गोविन्द भट्टकृत ‘इन्दिरा प्रसाईको ए समुद्र !’ र ठाकुर शर्मा भण्डारीद्वारा लिखित ‘नइ कीर्ति विवेचना’ छन् ।
दीक्षितकृत कृतिको सम्पादन श्रीमती इल्या भट्टराई र भट्टकृत कृतिको सम्पादन प्रा.डा.ऋषिराम शर्माले गरेका हुन् ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा प्रा.केशव सुवेदी, श्रीमती इल्या भट्टराई, ठाकुर शर्मा भण्डारी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको महिमा र नव कृतिहरूबारे मन्तव्य प्रकट गरेका थिए ।
प्रतिक्रिया 4