+
+
Shares

मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा मरेको खसी काटेर बचेको आरोपमा दुई जना पक्राउ परेका छन्।
  • उनीहरूलाई प्रहरीले ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।
  • साथै, प्रहरीले ५४ किलो खसीको मासु पनि बरामद गरेको छ।

३१ जेठ, काठमाडौं । मरेको खसी काटेर बचेको आरोपमा पोखराबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१६ मा रहेको मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र सोही सप्लायर्स र पोखरा लाइभ स्टोर्स एण्ड कृषि फार्मममा काम गर्ने ३२ वर्षीय राम गुरुङ छन् ।

उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध कालो बजार तथा केही सार्वजनिक अपराधको कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता हरि बस्नेतले बताए ।

प्रहरीले मरेको खसीको ५४ किलो मासु समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?