
तस्वीर : टेलिपत्रको फेसबुक वालबाट
News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङबाट पोखरा जाँदै गरेको ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
- दुर्घटनामा थप ८ जना घाइते भएका छन्।
- प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
३१ वैशाख, काठमाडौं । धादिङबाट पोखरा जाँदै गरेको ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङ घर भइ पोखरा बस्दै आएकी झाङमाया गुरुङसहित ३ जना छन् । अन्यको नाम खुलिनसकेको जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी श्यामबाबु ओलियाले अनलाइनखबरलाई बताए ।
उनका अनुसार, लामेआहालमा सडकबाट तल खसेको गाडी दुर्घटना हुँदा थप ८ जना घाइते भएका थिए । उनीहरुमध्ये ३ जना डिस्चार्ज भइसकेका छन् ।
घाइतेको गण्डकी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक जाँचमा तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने शंका गरिएको छ । ‘हावाहुरीसहित पानी परिरहेका बेला तीव्र गतिका अनियन्त्रित भएर पल्टिएको जस्तो देखिन्छ’, एसपी ओलियाले भने ।
प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4