+
+
Shares

स्याङ्जाको बिरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका नयाँ शाखा

उद्घाटन कार्यक्रममा गाउँपालिका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवि लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते २०:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गरिमा विकास बैंक लिमिटेडले स्याङ्जाको बिरुवा र अर्जुनचौपारी गाउँपालिकामा दुई नयाँ शाखा खोल्यो।
  • यसले स्थानीय आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
  • बैंकले नयाँ शाखाबाट स्थानीय व्यवसाय र संघसंस्थालाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

३१ वैशाख, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले बुधबार स्याङ्जाको बिरुवा गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकामा २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बिरुवा शाखा उद्घाटन बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर र बैंकका अध्यक्ष दीलिपप्रताप खाँडले संयुक्त रूपमा गरे । त्यसैगरी अर्जुनचौपारी शाखा उद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र बैंकका अध्यक्ष खाँडले संयुक्त रूपमा गरे ।

उद्घाटन कार्यक्रममा गाउँपालिका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवि लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

सञ्चालनमा आएका नयाँ शाखा कार्यालबाट उक्त क्षेत्रका स्थानीयवासिन्दा, व्यावसायिक फर्म/कम्पनी तथा अन्य संघसंस्थालाई उत्कृष्ट सेवा प्रवाहमा बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा बैंकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?