News Summary
Generated by OK AI. Editorially reviewed.- आईपीएल २०२५ फेरि सुरु हुँदैछ र नयाँ तालिका अनुसार केही विदेशी खेलाडीहरूले व्यक्तिगत कारण वा प्रतिबद्धता कारण खेल्न अस्वीकार गरेका छन्।
- आईपीएलले नियम परिवर्तन गरी बाँकी खेलहरूका लागि अस्थायी प्रतिस्थापन खेलाडी साइन गर्न अनुमति दिएको छ, तर ती खेलाडीहरूलाई भविष्यमा रिटेन्सन गर्न सकिने छैन।
- साइन गरिएका प्रतिस्थापन खेलाडीहरू ४८ घण्टा भित्र साइन गरेमा रिटेन्सन योग्य हुनेछन्, जसमा दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बेंगलुरु, र राजस्थान रोयल्सका खेलाडीहरू समावेश छन्।
३१ वैशाख, काठमाडौं । भारत र पाकिस्तानबीचको सीमा तनावका कारण रोकिएको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ शनिबारदेखि फेरि सुरु हुँदैछ।
नयाँ तालिका बनेपछि केही विदेशी खेलाडीहरूले व्यक्तिगत कारण वा राष्ट्रिय प्रतिबद्धताका कारण बाँकी खेलहरू खेल्न अस्वीकार गरेका छन्। दिल्ली क्यापिटल्सका जेक फ्रेजर-म्याकगर्क र चेन्नई सुपर किंग्सका जेमी ओभरटनले सिजनबाट नाम फिर्ता लिइसकेका छन्।
अहिलेसम्म आईपीएलको नियम अनुसार टोलीहरूले १२औं खेलसम्म मात्र चोटपटक वा बिरामी परेका खेलाडीहरूका लागि प्रतिस्थापन खेलाडी ल्याउन सक्थे। तर, यसपटक विशेष परिस्थितिलाई ध्यानमा राखेर आईपीएलले नियम परिवर्तन गरेको छ। अब बाँकी खेलहरूका लागि अस्थायी प्रतिस्थापन खेलाडी साइन गर्न पाइनेछ।
तर, नयाँ सर्त अनुसार यी अस्थायी खेलाडीहरूलाई अर्को सिजनको लागि रिटेन्सन गर्न पाइने छैन। उनीहरूलाई २०२६ को आईपीएल अक्सनमा दर्ता हुनुपर्नेछ।
यस निर्णयको उद्देश्य लिगको अक्सन प्रणालीलाई निष्पक्ष बनाइराख्नु हो, ताकि टोलीहरूले नियमको दुरुपयोग गरी प्रतिस्थापनको बहानामा खेलाडी राख्न नपाऊन्।
आईपीएलले फ्रेन्चाइजहरूलाई पठाएको सूचनामा भनेको छ, ‘विदेशी खेलाडीहरू अनुपलब्ध भएका कारण, अस्थायी प्रतिस्थापन खेलाडीहरू साइन गर्न अनुमति दिइनेछ। तर, हालदेखि साइन गरिने खेलाडीहरू रिटेन्सनको लागि योग्य हुने छैनन्।’
तर, लिग स्थगित हुनु अघि ४८ घण्टा भित्र साइन गरिएका प्रतिस्थापन खेलाडीहरू भने रिटेन्सनका लागि योग्य हुनेछन्। ती खेलाडीहरूमा दिल्ली क्यापिटल्सका सेडिकुल्लाह अटल, रोयल च्यालेन्जर्स बेंगलुरुका मयंक अग्रवाल र राजस्थान रोयल्सका लुआन-ड्रे प्रिटोरियस तथा नान्द्रे बर्गर रहेका छन्।
प्रतिक्रिया 4