+
+
Shares

नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते २१:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको नागढुंगामा प्रहरी कर्मचारीहरूबीचको कुटपिटको घटनामा संलग्न दुई प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ।
  • सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओपछि दुवै प्रहरीलाई प्रधान कार्यालय बोलाएर छानबिन प्रक्रिया सुरु गरिएको छ।

३१ वैशाख, काठमाडौं । काठमाडौंको नागढुंगामा कुटपिटमा संलग्न प्रहरी कर्मचारीहरू कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शेखर खनालका अनुसार उक्त कार्यमा संलग्न दुवैलाई अहिलेको जिम्मेवारीबाट हटाइएको छ ।

ट्राफिकका एक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटपिट गरेको भिडिओ बुधबार दिउँसो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

भिडिओ सार्वजनिक भएपछि दुवैलाई प्रधान कार्यालय बोलाइएको थियो ।

लगत्तै उनीहरूलाई जिम्मेवारीबाट हटाएर अहिले छानबिनको प्रक्रिया अघि बढाइएको खनालले जानकारी दिए ।

उक्त विषयमा थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?