+
+
Shares

एमाले सांसद विष्णु पन्थीले आज बुझाए बिगाे, अदालतले दियाे एक वर्षअघि बुझाएकाे पत्र

हरि अधिकारी हरि अधिकारी
२०८२ वैशाख ३१ गते २२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अदालतले नेकपा (एमाले) का सांसद विष्णु पन्थीलाई बिगो रकम बुझाएको कारण पक्राउ नगर्न प्रहरीलाई पत्र पठाएको छ।
  • पन्थीले कानुन व्यवसायी मार्फत बिगो रकम बुझाएका थिए, र अदालतले भने एक वर्ष पहिले नै रकम बुझिएको भन्दै पक्राउ नगर्न आग्रह गरेको हो।
  • अदालतले पठाएको पत्र अनुसार बिगो रकम बुझाएपछि पक्राउ नगर्नका लागि अनुरोध गरिएको छ र यसले कैदमा बस्नु नपर्ने स्पष्ट पारिएको छ।

३१ वैशाख, विराटनगर । जिल्ला अदालत मोरङले नेकपा (एमाले)का लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीलाई पक्राउ नगर्न प्रहरीलाई अर्को पत्र पठाएको छ । अदालतले फैसला गरेको बिगो रकम दाखिला गरेका कारण जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पक्राउ नगर्न अर्का पत्र पठाएको हो । प्रहरीलाई पठाएको पत्रमा पन्थीसँगै अर्का प्रतिवादी गौतमबुद्ध हाइड्रो पावर प्रालिका सञ्चालक देवराज खनालको पनि नाम छ ।

पन्थीले कानुन व्यावसायी मार्फत बुधबार बिगो रकम दाखिला गरेका हुन्, तर अदालतले भने एक वर्ष अघि नै बिगो बुझाएको भन्दै पक्राउ नगर्न प्रहरीलाई पत्र काटेको छ । सार्वजनिक भएको पत्रमा २०८१ बैशाख ३१ गतेको निर्णय अनुसार आज (२०८२ बैशाख ३१ गते) पत्र काटेको मिति राखिएको छ । सो पत्रमा तहशिलदार बुद्धराज निरौलाले हस्ताक्षर गरेका छन् ।

अदालतले पठाएको पत्रमा भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा वादी श्याम राठी प्रतिवादी गौतमबद्ध हाइड्रोपावर प्रालिसमेत भएको व्यापारिक लेनदेन बिगो मुद्दामा यस अदालतबाट मिति २०८१–०१–३१ मा भएको आदेशअनुसार प्रस्तुत मुद्दामा वादीले पाउने गरी फैसलाले ठहर भएको बिगो रकम प्रतिवादीले यस अदालतमा मिति २०८१–१–३१ मा धरौटीमा दाखिला गरिसकेको हुँदा यस अदालतको च.नं. ३०१६ मिति २०८१-०३-१२ गतेको पत्र बमोजिम तपसिल बमोजिमका प्रतिवादीहरूलाई पक्राउ नगर्नु, नगराउनु हुन अनुरोध छ ।’

जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार कानुन व्यावसायी मार्फत प्रतिवादीले बिगो बापतको रकम बुझाएका हुन् । बिगो बुझाएपछि पक्राउ नगर्नका लागि अर्काे पत्र लेखिएको kgl उनले बताए । देवानी मुद्दामा विगो बापतको रकम बुझाएका कारण कैदमा बस्नु नपर्ने उनले बताए । पक्राउ नगर्न प्रहरीलाई पठाएको पत्रमा भने मिति फरक परेको उनले बताए ।

गौतमबुद्ध हाइड्रोपावरले विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिबाट १८ लाख ५४ हजार रुपैयाँ बराबरको सामन उधारोमा लगेको थियो । जसमध्ये ५ लाख रुपैयाँ मात्रै भुक्तानी गर्यो । बाँकी रकम नदिएपछि जिल्ला अदालत मोरङमा पल्लवीले २०७५ चैत ११ गते मुद्दा दर्ता गरेको थियो । २०७७ साल मंसिर २३ गते जिल्ला अदालत मोरङका न्यायाधिश मेदिनीप्रसाद पौडेलको इजलासले बाँकी रकम १३ लाख ५४ हजार रुपैयाँ भराउने फैसला गरेको थियो ।

सो रकम नबुझाएपछि मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २४४ अनुसार ६ महिना कैदका लागि २०८१ जेठ ३२ गते पक्राउ आदेश जारी भएको थियो । अदालतले २०८१ असार १२ गते जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी उपस्थीत गराउन पत्राचार गरेको थियो । तर उनलाई प्रहरीले पक्राउ गरेको थिएन । अदालतले पक्राउ पूर्जी जारी गरेको समाचार सार्वजनिक भएपछि उनले बिगो तिरेका थिए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?