+
+
Shares

पानीजहाज विधेयकमा छलफल गर्दै संसदीय समिति, ‘तोकिए बमोजिम’ शब्दले हैरान

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १०:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पानीजहाज सम्बन्धी विधेयकको प्रतिवेदन तयार गरी छलफल गर्दैछ।
  • विधेयकमा रहेका 'तोकिए बमोजिम' शब्दलाई घटाउने प्रयास भइरहेको छ किनभने सांसदहरूले यसलाई अधिक अधिकार प्रत्यायोजन भएको भन्दै आलोचना गरेका छन्।
  • समितिले ९१ दफा रहेको विधेयकमा रहेका अधिकार र विषयलाई एक ठाउँमा राखेर यसलाई संशोधन गर्न लागेको हो।

१ जेठ, काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकमा छलफल गर्दैछ । यो विधेयकको प्रतिवेदन तयार पारिसकेको छ । प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने तयारी रहेको समितिले जनाएको छ ।

समितिको बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रस्तावित विधेयकका प्रत्यायोजित अधिकार अधिक रहेको भनेर सांसदहरूले आलोचना गर्दै आएका छन् । ९५ वटा ‘तोकिए बमोजिम’ शब्द विधेयकमा थिए ।

९१ वटा दफा रहेको विधेयकमा ९५ वटा तोकिए बमोजिम रहेको भनेर आलोचना भइरहेका बेला समितिले तोकिए बमोजिम शब्द घटाउने प्रयास गर्दैछ ।

अधिकार प्रत्यायोजन गरिएका विषय र दफालाई एकै ठाउँ राखेर तोकिए बमोजिम शब्द घटाउन लागिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?