+
+
Shares

५२ संवैधानिक पदाधिकारीविरुद्ध मुद्दा : २८ जेठमा फैसला आउने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीविरुद्धको रिट निवेदनमाथि २८ जेठमा निर्णय सुनाउने तय गरेको छ।
  • प्रधानन्यायाधीश र अन्य न्यायाधीशहरुको इजलासले चार सातापछि निर्णयको मिति तोकेको हो।
  • अदालतले दुवै पक्षलाई बहस नोट पेश गर्न दुई साताभित्रको समय दिएको छ।

१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरु विरुद्धको एक दर्जन रिट निवेदनमाथि २८ जेठमा निर्णय सुनाउने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमाल चुडाल र डा. नहकुल सुवेदीको इजलासले चार सातापछि निर्णय सुनाउने मिति तोकेको हो ।

बिहीबार दुवै पक्षको बहस र जवाफी बहस समेत सुनेपछि सर्वोच्च अदालतले दुई साताभित्र(१६ जेठभित्र) बहस नोट पेश गर्नपनि दुवै पक्षलाई आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?