News Summary
Generated by OK AI. Editorially reviewed.- यूएईका स्टार ब्याटर मुहम्मद वासीमले पुनः टी-२०आई कप्तानी सम्हालेका छन् र बंगलादेशविरुद्ध श्रृंखलाको नेतृत्व गर्नेछन्।
- वासीमले अक्टोबरमा टी-२०आई कप्तानी छाडेका थिए र उनी सन् २०२१ देखि सबैभन्दा बढी रन बनाउने खेलाडी हुन्, तर पछिल्लो समय अर्धशतक बनाउन सकेका छैनन्।
- यूएईले पछिल्लो समय कमजोर प्रदर्शन गरिरहेको छ र बंगलादेशविरुद्धको श्रृंखला उनीहरूको लागि ठूलो चुनौती हुनेछ।
१ जेठ, काठमाडौं । यूएईका स्टार ब्याटर मुहम्मद वासीमले यूएईको टी-२०आई कप्तानी पुनः सम्हाल्ने भएका छन्। उनी बंगलादेशविरुद्ध शारजाहमा मे १७ र १९ मा हुने दुई खेलको श्रृंखलामा १५ सदस्यीय टोलीको नेतृत्व गर्नेछन्।
वासीमले ओडिआईमा ब्याटिङ केन्द्रीत गर्नका लागि भन्दै गत अक्टोबरमा टी-२०आई कप्तानी छाडेका थिए। त्यसपछि विकेटकिपर-ब्याटर राहुल चोपराले कप्तानी सम्हालेका थिए।
वासीम सन् २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेपछि यूएईका सबैभन्दा सफल टी-२० ब्याटर बनेका छन्। उनी सन् २०२१ देखि यता टी-२०आईमा सबैभन्दा बढी रन बनाउने खेलाडी हुन्।
गत डिसेम्बरमा कतारविरुद्ध अर्धशतक बनाएका वासीमले त्यसयता कुनै टी-२०मा अर्धशतक बनाउन सकेका छैनन्।
यूएईले पछिल्लो समय कमजोर प्रदर्शन गर्दै आएको छ। हालैको क्रिकेट विश्वकप लिग-२ मा युएईले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुई-दुई खेलमा हार बेहोरेको छ।
स्कटल्यान्डविरुद्ध यूएईले एक खेल जितेको थियो जहाँ राहुल चोपराले शतक प्रहार गरेका थिए भने बलर सिमरनजित सिंहले चार विकेट लिएका थिए।
अब बंगलादेशसँगको श्रृंखला युएईको लागि ठुलो चुनौती हुनेछ। यो श्रृंखला यूएईका लागि गत डिसेम्बरमा गल्फ टी-२० च्याम्पियनसिप जितेपछि पहिलो टी-२० अन्तर्राष्ट्रिय सिरिज हुनेछ।
बंगलादेशविरुद्ध सिरिजका लागि युएईको टोली : मुहम्मद वासीम (कप्तान), अलिशान शराफु, आर्यंश शर्मा, आसिफ खान, ध्रुव पराशर, एथन डी’सूजा, हैदर अली, मतिुल्लाह खान, मुहम्मद जवादुल्लाह, मुहम्मद जोहेब, मुहम्मद जुहेब, राहुल चोपडा (विकेटकिपर), सघिर खान, संचित शर्मा, सिमरनजित सिंह।
प्रतिक्रिया 4