 
																						विद्युत प्रसारण अवरुद्ध भएपछि अन्धकार बनेको काठमाडौंको बुद्धनगर क्षेत्र । तस्वीर : सहदेव चौधरी/अनलाइनखबर ।								
											News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत प्राधिकरणले ढल्केबर सबस्टेशनमा समस्या आएपछि देशभर विद्युत आपूर्ति अवरुद्ध भएको जनाएको छ।
- प्राधिकरणका अनुसार, भारतबाट आउने ४०० केभी प्रसारण लाइन सर्ट भएर विद्युत आपूर्ति प्रभावित भएको हो।
- प्राधिकरणले समस्या पहिचान गरी छिट्टै समाधान गर्ने आश्वासन दिएको छ।
१ जेठ, काठमाडौं । करिब एक घण्टा अवरुद्ध भएर आएको बिजुली केहीबेरमै पुनः अवरुद्ध भएको छ ।
यसअघि देशैभर करिब एकघण्टा विद्युत अवरुद्ध भएको थियो ।
नेपाल विद्युत प्राधिकरणले ढल्केबर सबस्टेशनमा समस्या आउँदा विद्युत प्रसारणमा समस्या भएको जनाएको छ ।
ढल्केबर–मुजफ्फपुर ४०० केभी प्रसारण लाइन सर्ट भएर भारतबाट विद्युत आउन बन्द भएपछि देशभर एकैपटक विद्युत अवरोध भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले बताए ।
नेपालका पश्चिम क्षेत्र र काठमाडौंका केही भागमा विद्युत आउन थाले पनि पूर्वी क्षेत्रमा अझै पनि अवरोध कायमै रहेको उनले बताए । ‘ढल्केबरबाट १४५ किलोमिटर टाढा प्रसारण लाइन सर्ट भएर अवरोध आएको छ । देशभित्रैको लाइनबाट आपूर्तिको प्रयास भइरहेको छ,’ उनले भने ।
प्रसारण लाइनमा देखिएको समस्या पहिचान भैसकेको हुनाले छिट्टै समस्या समाधान हुने प्राधिकरणको दावी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4