News Summary
Generated by OK AI. Editorially reviewed.- बार्सिलोनाले २०२४-२५ सिजनमा घरेलु ट्रेबल जित्यो र यसले क्लबको इतिहासमा नयाँ अध्याय थपेको छ।
- लियोनेल मेस्सीले आफ्नो प्रेम र समर्थन व्यक्त गर्दै बार्सिलोनालाई बधाई दिए र समर्थकहरूको मन जितेका छन्।
- युवा खेलाडीहरूको प्रभावशाली प्रदर्शन र नयाँ प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोनाले आफ्नो गौरव पुनः प्राप्त गरेको छ।
२ जेठ, काठमाडौं । बार्सिलोनाले २०२४-२५ सिजनमा घरेलु ‘ट्रेबल’ जित्दै इतिहास रचेको बेला क्लबका पूर्व स्टार खेलाडी लियोनेल मेस्सीले भावनात्मक सन्देश दिँदै समर्थकको मन छोएका छन्।
मेस्सीले सामाजिक सञ्जालमा छोटो तर गहिरो सन्देश लेख्दै उपाधि जितका लागि बधाई दिए । उनले बार्सिलोनाको इन्स्टाग्राम पोस्टलाई रिशेयर गर्दै ‘बधाई’ लेखेका थिए । यो पोस्ट केही मिनेटमै भाइरल भयो र बार्सिलोनाका समर्थकहरू पनि खुसी देखिए ।
सन् २०२१ मा क्लब छाडेका मेस्सीले बार्सिलोनासँग बिताएका दिनहरू अझै समर्थकहरूका मनमा ताजै छन्। उनको सानो सन्देशलाई पनि बार्सिलोनाप्रतिको प्रेमको संकेतका रूपमा लिइएको छ।

क्लबका लागि मेस्सीको योगदान अमूल्य रहेको स्मरण गर्दै समर्थकहरूले सामाजिक सञ्जालमा हजारौं प्रतिक्रियाहरू दिएका छन्।
नयाँ प्रशिक्षक हान्सी फ्लिकको पहिलो सिजनमै बार्सिलोनाले लालिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जित्दै ३६ वर्षपछि पहिलो पटक घरेलु ट्रेबल जितेको छ।
यस सिजनमा बार्सिलोनाले सन् २०२५ यताका १७ खेलमध्ये १५ जित र २ बराबरी गर्दै अपराजित यात्रा गरेको थियो। ९७ गोलसहित आक्रामक खेलशैली प्रदर्शन गरेका बार्सिलोनाले रियल मड्रिडमाथि दुबै क्लासिको जित्दै उपाधि पक्का गरेको हो।
लामियन यमाल, फेर्मिन लोपेज र पेड्रीजस्ता युवाहरूको प्रभावशाली प्रदर्शनले बार्सिलोनालाई पुनः गौरवको यात्रामा फर्काएको छ। यामालले १७ गोल गर्दै टोलीको नायकको रूपमा उदाएका छन्।
बार्सिलोना नयाँ पुस्ताको बलियो टोली निर्माण गर्दै अघि बढिरहेको भएपनि मेस्सी क्लबको इतिहासमा कहिल्यै मेटिन नसक्ने नाम रहिरहनेछ।
प्रतिक्रिया 4